चरिकोट (दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित सशस्त्र प्रहरी बल, १८ नम्बर गुल्म हेड क्वाटरमा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा सुरक्षित यात्रा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम बुधवार सम्पन्न भएको हो । यसमा विभिन्न दर्जाका ५० जनालाई सवारी दुर्घटना रोकथाम, सुरक्षित यात्राका उपाय तथा दुर्घटनाबाट हुन सक्ने धन–जनको क्षति कम गर्न अपनाउनुपर्ने सावधानीहरूबारे जानकारी प्रदान गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।