पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

कुटीडाँडा माविमा दस लाखको ‘शिवलिला आशिर्वाद अक्षयकोष’ स्थापना

दीक्षण संवाददाता २० पुष २०८२, आइतवार

दोलखा । भीमेश्वर नगरपालिका–७ स्थित कुटीडाँडा माध्यमिक विद्यालयमा रु. १०,००,०००/- (दस लाख) बराबरकोशिवलिला आशिर्वाद अक्षयकोष’ स्थापना गरिएको छ । नेपाली सेनाका पूर्व सैनिक अधिकृत (कर्णेल) निरन्जन बस्नेतले आफ्ना बुबाआमाको नामबाट पूर्व सन्ततिको सम्झनास्वरूप तथा आफ्नो पुर्ख्यौली जन्मथलोप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरणमा खर्च गरिनेछ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्त तथा वयोवृद्ध अवस्थाका नागरिकलाई समेत मध्यनजर गर्दै आवश्यक सेवा तथा सुविधा उपलब्ध गराइने संस्थापक पूर्व कर्णेल बस्नेतले बताउनुभयो ।

शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो पहल गरिएको उहाँको भनाइ छ । यस्ता सामाजिक तथा शैक्षिक योगदानले वडाको शिक्षा क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने भीमेश्वर नगरपालिका–७ का वडा अध्यक्ष विनोद तामाङले बताउनुभयो ।

पूर्व कर्णेल बस्नेतका बुबा प्रधान पञ्चका रूपमा समाजसेवामा सक्रिय रही राम्रो छवि निर्माण गर्न सफल व्यक्तिका रूपमा चिनिनुहुन्थ्यो । उहाँ स्थानीयस्तरमा ‘धन काजी’ नामले परिचित रहनुभएको थियो । विद्यालय प्रशासनले अक्षयकोष स्थापनाले जेहेन्दार विद्यार्थीको अध्ययन निरन्तरतामा थप भरोसा र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्