चरिकोट (दीस)ः भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियान पुस २९ गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाका अनुसार घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोको टोकाइबाट सर्ने रेबिज रोग तथा त्यसबाट उत्पन्न हुन सक्ने अन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले रेबिजजस्तो घातक रोगको नियन्त्रणका लागि समयमै खोप र बन्ध्याकरण आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार उक्त अभियानले जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । नगरपालिकाले घरपालुवा तथा सामुदायिक कुकुरलाई खोप लगाउने र बन्ध्याकरण गर्ने कार्यमा सहयोग गर्न नगरवासीसमक्ष अनुरोध गरेको छ ।