पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

चरङ्गेस्थित चर्नावती बजार अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न निर्देशन

दीक्षण संवाददाता २३ पुष २०८२, बुधवार

चरिकोट (दीस) ः दोलखाको शैलुङ गाउँपालिकाले पालिकाभित्र अतिक्रमित जग्गा तथा  मापदण्ड विपरीत निर्माण गरिएका संरचना खाली गर्न अनुरोध गरेको छ  ।
पालिकाअन्तर्गत शैलुङ गाउँपालिका–७ नं वडा समितिको पुस २० गते बसेको बैठकले सोही वडाको चरङ्गेस्थित चर्नावती बजार, चर्नावती ज्येष्ठ नागरिक आश्रम तथा आश्रम परिसरमा रहेको बगैचा, मठ  मन्दिर रहेको सार्वजनिक जग्गा अतिक्रमण भएको ठहर गर्दै सो अतिक्रमित जग्गामा निर्माण गरिएका अव्यवस्थित तथा मापदण्डविपरीतका घर, टहरा तथा अन्य संरचना हटाउने निर्णय गरेको हो  ।
उक्त निर्णयअनुसार सो क्षेत्र खाली गर्न गाउँपालिकाले निर्देशन दिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिब न्यौपानेले जानकारी दिनु भएको छ ।  उहाँका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास र व्यवस्थापन गर्ने जिम्मेवारी तथा दायित्व स्थानीय तहको रहने व्यवस्था छ  । उहाँले ऐनविपरीत भएका यस्ता कार्यहरू ३५ दिनभित्र हटाइ सहयोग गरिदिन सम्बन्धित पक्षलाई अनुरोध गरिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्