पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

जिरी भ्रमण वर्ष २०२५ औपचारिक रूपमा समापन

दीक्षण संवाददाता २२ पुष २०८२, मङ्गलवार

चरिकोट(दीस) ः दोलखाको जिरी नगरपालिकाले अंग्रेजी वर्ष सन् २०२५ लाई ‘जिरी भ्रमण वर्ष २०२५’ का रूपमा मनाउने निर्णयअनुसार सञ्चालन गरिएको पर्यटन अभियान सोमबार औपचारिक रूपमा समापन गरिएको छ  ।  
गत फागुन ३ गतेदेखि सुरु भएको अभियानको मुख्य उद्देश्य जिरीको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्नु रहेको थियो ।  समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पर्यटन क्षेत्र देशको अर्थतन्त्रको प्रमुख आधार रहेको उल्लेख गर्दै जिरीले पर्यटक भित्र्याउन गरेको पहल सकारात्मक रहेको बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ महामारीका कारण खस्किएको पर्यटन क्षेत्रमा पछिल्ला वर्षहरूमा क्रमशः सुधार देखिएको र चालु वर्षमा पनि सुधार कायमै रहेको जानकारी दिनुभयो ।  केही घटनाक्रमले प्रभाव पारे पनि पछिल्लो समय ११ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएको उहाँको भनाइ छ ।  जिरीलाई दीगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न व्यवस्थीत र योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशभित्र बढ्दो बसाइँसराइको समस्यालाई न्यूनीकरण गर्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्थानीय सरकार स्थिर सरकार भएकाले दिगो विकासका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने धारणा राख्नु भयो । 
कार्यक्रमका सभापति तथा जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलले जिरी आर्थिक रूपमा अपेक्षित रूपमा चलायमान हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै गत वर्ष भ्रमण वर्ष घोषणा गरिएको बताउनुभयो ।  जिरी सगरमाथाको प्रवेशद्वार तथा ‘नेपालको स्वीजरल्यान्ड’ का रूपमा चिनिँदै आएको उल्लेख गर्दै उहाँले नगरपालिकाले जिरीलाई चलायमान बनाउन विभिन्न योजना बनाएरकार्यान्वयन गरेको जानकारी दिनुभयो । नगरप्रमुख जिरेलका अनुसार जिरीलाई चिनाउने उद्देश्यले गत वर्ष सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूले स्थानीय व्यवसायीबाट सकारात्मक प्रतिक्रिया पाएका छन् ।  व्यवसायीसँग छलफल गरेर योजनाबद्ध ढङ्गले काम गर्ने नगरपालिकाको नीति रहेको उहाँको भनाइ छ । समापन समारोहमा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, तारा बहादुर कोइराला, भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत तथा जिरी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्री लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उक्त भ्रमण वर्षको उद्घाटन तत्कालीन नेपाल सरकारका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्

सम्बन्धित समाचारहरु