पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

खिम्ती–२ जलविद्युत आयोजनामा कामदारबीच झडप, तीन कर्मचारी घाइते

दीक्षण संवाददाता २२ पुष २०८२, मङ्गलवार

चरिकोट (दीस) ः दोलखाको जिरी नगरपालिका–९ उर्लेनीस्थित खिम्ती–२ जलविद्युत आयोजनामा सोमबार साँझ कामदारहरूबीच भएको आपसी झडप कुटपिटमा परिणत हुँदा तीन जना कर्मचारी घाइते भएका छन् ।
सोमबार बेलुकी करिब ५ बजेतिर भएको घटनामा सुर्खेत भेरीगंगा–१२ का ३७ वर्षीय खड्कबहादुर बस्नेत, रामेछाप उमाकुण्ड–१ का २८ वर्षीय जगत बस्नेत र दोलखा जिरी–४ का २६ वर्षीय सुभाष तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सीनाका अनुसार घाइते तीनै जनालाई उपचारका लागि जिरी अस्पताल पठाइएको छ । घटनापछि कुटपिटमा संलग्न भएको आरोपमा रामेछाप गोकुलगंगा–६ का कमानसिंह तामाङ, बाँके राजपुर–१ का राम गुरुङ र नवलपरासी बर्दाघाट–१० का नविन उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्