चरिकोट (दीस) ः अर्थभूमि साकोसले सदरमुकामका दुई विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार सम्पन्न सो कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । कार्यक्रममा अर्थभूमि साकोसका कार्यकारी अधिकृत विपिन श्रेष्ठले विद्यार्थीहरुलाई वित्तीय ज्ञान र सहकारी व्यवस्थापन सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा साकोसका अध्यक्ष रामकृष्ण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको समेत उपस्थिती रहेको थियो ।
साथै, सोही कार्यक्रममा विद्यार्थीहरुलाई प्लास्टिक डस्टविन समेत उपलब्ध गराइएको अर्थभूमि साकोसले जानकारी दिएको छ ।