पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

प्रहरी प्रभाग कपनमा लुटपाट गर्ने एकजनालाई पक्राउ

दीक्षण संवाददाता २३ कार्तिक २०८२, आइतवार

समाचार सारांश

मल्लेक गाउँपालिका घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीय अमृत साउदलाई आज पक्राउ

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, २३ कात्तिकः नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गर्ने अछामको मल्लेक गाउँपालिका घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीय अमृत साउदलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गरेको अभियोगमा साउदलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका साउदसँग प्रहरीले लुटपाट गरेको एक थान कम्प्युटर, सिपियु एक थान, प्रिन्टर मेसिन एक थान, जुत्ता एक जोर तथा तरबार एक थान बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिनुभयो । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु