पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

अरनिको राजमार्गमा बसको ठक्करबाट वृद्धको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

दीक्षण संवाददाता ४ मंसिर २०८२, बिहिवार

चरिकोट (दीस)अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । अरनिको यातायातमा सञ्चालन हुने बा २ ख ६५७९ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ७० वर्षका दिल बहादुर श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो।घाइते हुनु भएका श्रेष्ठको उपचारका क्रममा अस्पतालमा  निधन भएको पाँचखाल प्रहरीले जनाएको छ ।दुर्घटनापछि घटनास्थलमा आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका छन् । स्थानीयले दोषी चालकलाई कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै  राजमार्ग पूर्ण रूपमा अवरुद्ध पारेका छन् ।आन्दोलनका कारण हाल अरनिको राजमार्गको दुबै तर्फको सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले  सो घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्