पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

विद्यार्थीलाई आर्थिक सहयोग

दीक्षण संवाददाता ३ मंसिर २०८२, बुधवार

चरिकोट (दीस) ः भीमेश्वर नगरपालिका–९ स्थित सुर्के मावि खरिढुंगामा अध्ययनरत २२ जना विद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ । विभिन्न व्यक्तित्वको सहकार्यमा विपन्न विद्यार्थीहरूलाई सहायतास्वरूप आर्थिक सहयोग प्रदान गरिएको हो ।
विद्यालयका पूर्व प्रधानाध्यापक बिन्दा थापाका अनुसार कक्षा–कक्षामा अध्ययनरत ती २२ विद्यार्थीलाई अध्ययन कार्यमा सहयोग पुग्ने उद्देश्यले प्रतिविद्यार्थी ११ हजारका दरले सहयोग उपलब्ध गराइएको हो । पूर्व प्रधानाध्यापक थापाका अनुसार विद्यालयका सबै विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ ।आर्थिक सहयोग तथा स्टेशनरी व्यवस्थापनको जिम्मेवारीमा विदेशी नागरिक एमी, नेली, भक्त ठकुरी, भीमसेन शाह, लाक्पा याङ दिकीलगायतले योगदान गरेको पूर्व प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्