१२औं पटक शिक्षक माग – शैलुङ गाउँपालिकाले मावि गणित शिक्षक नपाएको कारण १२औं पटक पूरक शिक्षक माग गर्ने विज्ञापन प्रकाशित गरेको छ।
अघिल्ला प्रयास असफल – संघीय अनुदानअन्तर्गत माध्यमिक तहका दुई गणित शिक्षक माग गरिए पनि ११औं पटकसम्म दर्खास्त नपरेको कारण गाउँपालिकाले पुनः विज्ञापन दिएको हो।
शिक्षण पेशाप्रति आकर्षण घट्दै – शिक्षक अभावको मुख्य कारण शिक्षण पेशाप्रति कम आकर्षण र छोटो समयका करारहरू भएकाले योग्य व्यक्तिहरूले आवेदन दिन इच्छुक नभएको बताइएको छ।
विद्यालय सञ्चालन चुनौतीपूर्ण – शिक्षक अभावका कारण विद्यालय सञ्चालनमा समस्या थपिँदै गएको हुँदा गाउँपालिकाले विज्ञापन जारी गरेर शिक्षक खोज्ने प्रयास निरन्तर जारी राखेको छ।
चरिकोट (दीस)ः शैलुङ गाउँपालिकाले मावि गणित विषय शिक्षक नपाउँदा १२औं पटक पूरक शिक्षकको माग गरेको छ । संघीय अनुदानअन्तर्गत माध्यमिक तहका गणित विषयका दुई शिक्षक माग गरिएको भए पनि ११औं पटकसम्म दर्खास्त नपरेपछि गाउँपालिकाले १२औं पटक माग गरेको हो । शिक्षण पेशाप्रति आकर्षण घट्दै गएको कारण माग अनुरूप शिक्षक नपाएको बताइएको छ । शिक्षक अभावका कारण विद्यालय सञ्चालनमै चुनौती थपिँदा गाउँपालिकाले पुनः १२ औं पटक सूचना सार्वजनिक गरेको छ । करारमा खुलेका विज्ञापनमा केही मात्र दर्खास्त परे पनि छोटो समयको लागि भएकोले संघीय तथा प्रदेश अनुदान कोटामा काम गर्ने योग्यता भएकाहरूले सो पदमा दर्खास्त दिन आकर्षण नभएको नेपाल शिक्षक संघ भीमेश्वर नगरपालिकाका अध्यक्ष युवराज पाठकले बताउनु भयो ।