पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

दोलखामा नेपाली कम्युनिस्ट पार्टीको जिल्ला कार्यालय उद्घाटन मंसिर १३ मा

दीक्षण संवाददाता ११ मंसिर २०८२, बिहिवार

चरिकोट (दीस) ः नेपाली कम्युनिस्ट पार्टी दोलखाले आफ्नो जिल्ला कार्यालय मंसिर १३ गते औपचारिक रुपमा उद्घाटन गर्ने भएको छ। सो अवसरमा पार्टीका अगुवा कार्यकर्तासँग भेला गरी कार्यालय उद्घाटन कार्यक्रम आयोजना गरिने जानकारी प्राप्त भएको छ।

पार्टी एकीकरणपछि पहिलोपटक आयोजना हुन लागेको यो कार्यक्रममा जिल्ला पार्टी कार्यालयको औपचारिक उद्घाटनसँगै अगुवा कार्यकर्ताको परिचयात्मक भेला पनि हुनेछ, नेत्रृत्वद्वारा जनाइएको छ।

कार्यक्रममा आयोजक समिति सदस्य, बागमती प्रदेश समिति सदस्य, सचिवालय सदस्य, गाउँपालिका समिति सदस्य, जिल्ला समिति सदस्य, प्रदेश परिषद् सदस्य, निर्वाचित वडा अध्यक्षहरू र मोर्चा संयोजकसहित पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्

सम्बन्धित समाचारहरु