पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

बालबालिकालाई निता राउतद्वारा न्यानो कपडा वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत दोलखाको दुर्गम विद्यालयमा सहयोग

दीक्षण संवाददाता २२ कार्तिक २०८२, शनिवार

समाचार सारांश

विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १७ जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण

नगरपालिका–७ का वडाअध्यक्ष विनोद तामाङ, सुरेल जाति उत्थान समाजका पूर्वअध्यक्ष सुवास सुरेल, अभिभावक र विद्यालय परिवारको उपस्थिति 

 लगायत देशका दुर्गम विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको छ । 

This summary was generated by AI and has been editorially reviewed.

चरिकोट (दीस) ः समाजसेवी निता राउतले दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरीस्थित विष्णुश्वरी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी छन् ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १७ जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये ७ जना विद्यार्थी सुरेल समुदायका हुन् । सो अवसरमा विद्यालयका पाँच जना शिक्षकलाई समेत जाडोयाममा प्रयोग हुने न्यानो कपडा प्रदान गरिएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत बहादुर कार्कीको अध्यक्षतामा तथा गौरीशंकर गाउँपालिका–५ का वडाअध्यक्ष सुन्दर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका–७ का वडाअध्यक्ष विनोद तामाङ, सुरेल जाति उत्थान समाजका पूर्वअध्यक्ष सुवास सुरेल, अभिभावक र विद्यालय परिवारको उपस्थिति थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत निता राउत फाउण्डेशनले दोलखा लगायत देशका दुर्गम विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको छ । राउतले आफ्नो पारिश्रमिकको केही हिस्सा फाउण्डेशनमार्फत सामाजिक सेवा र शैक्षिक सहयोगमा खर्च गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्

सम्बन्धित समाचारहरु