चरिकोट(दीस)ः मेलुङ गाउँपालिकामा घुम्ती शिविरमार्फत एकै दिन वडा नम्बर ५ का ८० प्रतिशतभन्दा बढी योजना सम्झौता सम्पन्न गरिएको छ । उक्त सम्झौता मंगलवार सम्पन्न शिविरमार्फत गरिएको हो ।
शिविरका क्रममा योजनासम्बन्धी उपभोक्ता समिति र सरोकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको मेलुङ गाउँपालिकाले जनाएको छ । अभिमुखीकरणमा सम्झौता प्रक्रियामा आवश्यक कागजात, उपभोक्ता समितिको जिम्मेवारी, योजना सञ्चालनका क्रममा ध्यान दिनुपर्ने पक्ष, कार्यान्वयन प्रक्रिया र काम सम्पन्न गर्ने समयसीमा लगायतका विषयमा जानकारी दिइएको उपाध्यक्ष गायत्री आचार्यले बताउनु भयो ।