पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

बैतेश्वर तीन वडाहरुमा तरुण दलको अधिवेशन सम्पन्न

दीक्षण संवाददाता १३ भदौ २०८२, शुक्रवार

चरिकोट(दीस)ः नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको बैतेश्वर गाउँपालिकाका तीन वडामा वडा अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन बुधवार सफलतापूर्वक सम्पन्न भएको हो । नेपाल तरुण दल, दोलखाका अनुसार, बैतेश्वर गाउँपालिका वडा नम्बर एक, दुई र तीनमा अधिवेशन सम्पन्न भएको थियो । वडा नम्बर एकको अध्यक्षमा सरोप पाख्रीन, वडा नम्बर दुईको अध्यक्षमा सुन्दर तामाङ र वडा नम्बर तीनको अध्यक्षमा मानबहादुर मोक्तान चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । नेपाल तरुण दलको केन्द्रीय निर्देशन अनुसार, कार्यतालिका सार्वजनिक गर्दै वडा अधिवेशनलाई व्यवस्थित रूपमा अगाडि बढाइएको छ । यस सम्बन्धमा नेपाल तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्