चरिकोट (दीस)ः जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागमती प्रदेशकै उत्कृष्ट साकोसका रूपमा सम्मानित भएको छ। बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कुन) को पाँचौँ वार्षिक साधारण सभाको अवसरमा मंसिर २६ गते उक्त सहकारी संस्थालाई सम्मान प्रदान गरिएको हो । समुदायमा आधारित, सदस्य केन्दित, सुरक्षित तथा व्यवस्थित ढंगले प्रचलित कानुनअनुसार सञ्चालन हुँदै आएका गतिविधिहरूमार्फत सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरणमा उल्लेखनीय योगदान पु¥याएको, साथै प्रदेशस्तरीय सहकारी अभियानलाई उचाइ दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको आधारमा जनमुखी साकोसलाई यो सम्मान प्रदान गरिएको बागमती प्रोस्कुनले जनाएको छ ।