पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

सामाजिक सञ्जाल सूचीकरण गर्न सात दिनको म्याद

दीक्षण संवाददाता १३ भदौ २०८२, शुक्रवार

काठमाडौँ (दीस)ः नेपाल सरकारले देश भित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सात दिनभित्र सुचीकरण गर्न सार्वजनिक रूपमा आग्रह गरेको छ । सूचना प्रविधि मन्त्रालयले पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता गरेपछि मन्त्रिपरिषद्को बैठकले अनिवार्य रूपमा सात दिनभित्र सूचीकरण पूरा गर्न निर्देशन दिएको हो ।
बुधबार बसेको बैठकको निर्णय अनुसार, तोकिएको अवधिमा सूचीकरण नगर्ने वा मन्त्रालयसँग सम्पर्कमा नआएको सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गरिने छ । सूचीकरण गरेपछि ती सामाजिक सञ्जाल पुनः सक्रिय गरिने व्यवस्था पनि बैठकले निर्णय गरेको छ ।
नेपाल सरकारले यसअघि करिब छ महिना टिकटकलाई बन्द गरेको थियो । तर टिकटक र भाइबर जस्ता केही सञ्जाल नेपालमा कानुन अनुसार दर्ता भएका थिए । यद्यपि फेसबुक, युट्युब लगायतका अन्य सामाजिक सञ्जालले सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका छन् ।
.मन्त्रिपरिषद्ले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम, सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार र जवाफदेही बनाउन सात दिनको म्याद दिइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकताका आयोजना घोषणा गरेको छ । भदौ १० देखि १३ गतेसम्म फिजीको नाडीमा आयोजना हुने छैठौँ फोरम अफ मिनिस्टर्स एन्ड इन्भाइरोमेन्ट अथोरिटी अफ एसिया–प्यासिफिकमा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा बिकलाई स्वीकृति दिइएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको भदौ ३० देखि असोज ३ गतेसम्म भियानामा आयोजना हुने ६९औँ आइएइए जनरल कन्फ्रेन्समा सहभागी हुन पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्

सम्बन्धित समाचारहरु