पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

निर्वाचन शान्तिपूर्ण रुपमा गराउनु पहिलो प्राथमिकताः प्रजिअ घिमिरे

दीक्षण संवाददाता २२ पुष २०८२, मङ्गलवार

चरिकोट (दीस)ः  दोलखाका प्रमुख जिल्ला अधिकारी हरी  प्रसाद घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ  ।
पर्वत जिल्लाबाट सरुवा भएर दोलखा आउनु भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले सोमबार जिल्लास्थित सञ्चारकर्मीहरूसँगको भेटघाटमा सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको उल्लेख गर्दै प्रशासनिक तयारी अब निर्वाचन केन्द्रित बनाइने स्पष्ट गर्नुभयो । निर्वाचन सफल बनाउन सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था, प्रशासनिक समन्वय तथा व्यवस्थापनलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज तथा सर्वसाधारणको जिम्मेवार भूमिका अपरिहार्य रहेको भन्दै उहाँले सबै पक्षसँग सहयोग गर्न आग्रह गर्नु भयो । जिल्लामा रहेका समसामयिक समस्या समाधानका लागि मिडिया क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न आफू तत्पर रहेको उल्लेख गर्दै उहाँले तथ्यपरक र जिम्मेवार पत्रकारिताले प्रशासन र नागरिकबीच विश्वास अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले जिल्लाभित्र शान्ति सुरक्षा कायम राख्नुका साथै सुशासन प्रवद्र्धनमा योगदान पु¥याउन आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो  । साथै, जिल्लास्थित सबै सरकारी कार्यालयहरूलाई जनमैत्री, उत्तरदायी र सेवामुखी बनाउने दिशामा प्रशासन सक्रिय रहने उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी घिमिरे सरुवा भएर दोलखा आएपछि सोमबार जिल्लाका सञ्चारकर्मीहरूसँग औपचारिक भेटघाट गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्