पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

विश्वकपको ट्रफी नेपालमा ल्याइने

दीक्षण संवाददाता १६ पुष २०८२, बुधवार

काठमाडौँ, १६ पुसः भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । टि–२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु