पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

दोलखामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

दीक्षण संवाददाता १७ भदौ २०८२, मङ्गलवार

 दोलखा, भदौ १७  दोलखाको शैलुङ गाउँपालिका-४, भकारेमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

मागापौवाबाट चरिकोटतर्फ जाँदै गरेको बा ७७ प ६८५० नम्बरको बुलेट मोटरसाइकल सडक मोडमा अनियन्त्रित भई करिब ५६ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक शैलुङ-४ जोगिडाँडाका ३६ वर्षीय सोम तामाङ र पछाडि सवार बैतेश्वर८ क्षेत्रपाका ३७ वर्षीय कुशल खड्का घाइते भएका हुन्। प्रारम्भिक उपचारका लागि चरिकोटस्थित अस्पताल पुर्याइएका दुबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तामाङको खुट्टामा सामान्य चोट लागेको छ भने खड्काको वायाँ काँध र ओठमा चोट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
100%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्

सम्बन्धित समाचारहरु