चरिकोट (दीस) ः बिगु गाउँपालिका–६, शेर्पा आलम्पुमा मंगलबार बिहान करिब ११ बजे ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्।
ढुंगाखानीतर्फ जाँदै गरेको प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भई करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको छ।
घाइते हुनेमा ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पल ब. थामी र १५ वर्षीय आशिष थामी रहेका छन्। उनीहरूलाई उपचारका लागि सिंगटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।