पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

संस्थापक नेता शिवप्रसाद भण्डारी एमालेमै

दीक्षण संवाददाता ११ फागुन २०८२, सोमवार

चरिकोट (दीस)नेकपा एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किनुभएको छ । सोमबार दोलखाको सदरमुकाम चरिकोटमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले चार वर्षपछि पार्टीमा पुनः फर्किएको घोषणा गर्नुभएको हो ।

उहाँसँगै उहाँकी श्रीमती कल्पना भण्डारी, भीमेश्वर नगरपालिका पूर्व उपमेयर शान्त बस्नेत, प्रकाश के.सी., युवा नेता पुष्पक केसीलगायतका नेताहरू पनि एमालेमा फर्किएका छन् । सोमबार बिहान आयोजित पुनर्मिलन कार्यक्रममा एमालेले उहाँहरूलाई पार्टीमा स्वागत गरेको थियो ।

पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेका सम्पूर्ण शक्ति एकजुट भएर एकताको सन्देशसहित जनतामा जाँदा विजय हासिल हुने विश्वास व्यक्त गर्नुभयो । आफू पदका लागि नभई पुरानो घरमा रहेका साथीहरूसँगको सम्बन्धका कारण पार्टीमा फर्किएको उहाँको भनाइ थियो ।

कार्यक्रममा एमालेका उम्मेदवार पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल तथा पुराना नेताहरू जीतविर लामा र लालकुमार केसीले भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

चार वर्षअघि एमाले विभाजन भएपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी) मा लाग्नुभएको थियो । उहाँ त्यहाँ पोलिटब्युरो सदस्यको जिम्मेवारीमा रहनुभएको थियो । पछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अन्य दलबीचको एकीकरण प्रक्रियापछि उहाँ निष्क्रिय रहनुभएको थियो । सोमबारबाट भने उहाँ पुनः एमालेमा आवद्ध हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु