पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

दोस्रो चरणको घरदैलो अभियानमा एमाले सक्रिय

दीक्षण संवाददाता १० फागुन २०८२, आइतवार

चरिकोट (दीस) ः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले दोलखामा दोस्रो चरणअन्तर्गत घरदैलो अभियानलाई तीव्रता दिएको छ । शुक्रबारबाट मेलुङ गाउँपालिकाबाट सुरु गरिएको अभियान क्रमशः विभिन्न स्थानीय तहमा विस्तार गरिएको हो ।घर दैलो अभियानमा एमालेका उम्मेद्वार पार्वत गूरुङले स्थानीयसँग भेटघाटलाई तीब्रता दिनु भएको छ । 

घरदैलो अभियानअन्तर्गत फागुन ८ गते मेलुङ गाउँपालिकामा, ९ गते वैतेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । अभियानको निरन्तरता स्वरूप आज तामाकोसी गाउँपालिकामा घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ ।

निर्धारित कार्यतालिकाअनुसार १२ गते शैलुङ गाउँपालिका, १३ गते जिरी नगरपालिका, १४ गते गौरीशङ्कर गाउँपालिका, १५ गते विगु गाउँपालिका, १६ गते कालिञ्चोक गाउँपालिका तथा १७ र १८ गते भीमेश्वर नगरपालिकामा चुनाव प्रचार कार्यक्रम सञ्चालन गरिने नर बहादुर श्रेष्ठ ले जानकारी दिनुभयो ।

यसअघि पार्टीले जिल्लाका सबै पालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ । सोही कार्यक्रमको निरन्तरता स्वरूप दोस्रो चरणअन्तर्गत घरदैलो अभियान सञ्चालन गरिएको बताइएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु