पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

अन्तर–माध्यमिक क्रिकेटको उपाधि सहिद स्मृति माबिलाई

दीक्षण संवाददाता ४ फागुन २०८२, सोमवार

चरिकोट (दीस) – दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न अन्तर–माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा सहिद स्मृति आवासीय माध्यमिक विद्यालय, जिरीले उपाधि जितेको छ ।
फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राइजिङ स्टार बोर्डिङ स्कुल ले ७ विकेटको क्षति बेहोर्दै २० ओभरमा ११७ रनको लक्ष्य प्रस्तुत गरेको थियो  । लक्ष्यका लागि मैदानमा आएको सहिद स्मृति माबिले १९.३ ओभरमै आवश्यक रन पूरा गर्दै विजेता भएको हो ।
विजेता स्कूल सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले शिल्ड, मेडल, प्रमाणपत्रसँगै नगद रु. ३०,००० पुरस्कार प्राप्त गरेको छ । खेलको उपविजेता राइजिङ स्टार बोर्डिङ स्कुल ले शिल्ड, मेडल, प्रमाणपत्रसहित रु. २०,००० पुरस्कार जितेको छ ।
खेलको ‘म्यान अफ द म्याच’ सहिद स्मृतिका ब्याट्सम्यान नितेस सार्की घोषित भएका छन्, जसले सर्वाधिक ३७ रन जोडेका क्रिकेट संघ दोलखाका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो।
सेमिफाइनलमा निलकण्ठेश्वर माबी र मोडर्न नेपाल बोर्डिङ स्कुल लाई पराजित गर्दै सहिद स्मृति माबि र राइजिङ स्टार बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेका थिए।
प्रतियोगिता क्रीकेट संघ दोलखाको आयोजनामा २०८२ फागुन १ गतेदेखि सुरु भएको थियो। चार दिनसम्म चलेको खेलमा कुल छ विद्यालय ले सहभागिता जनाएका थिए, जसमा त्रिपुरा ग्लोरियस एकेडेमी, अल्पाइन बोर्डिङ स्कुल, माउन्ट भ्याली बोर्डिङ स्कुल, राइजिङ स्टार बोर्डिङ स्कुल, निलकण्ठेश्वर मावी, र सहिद स्मृति माबि रहेको उहाँ भनाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु