पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता होः पूर्वमन्त्री खनाल

दीक्षण संवाददाता २५ फागुन २०८२, सोमवार

काठमाडौँ, २५ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौँ क्षेत्र नं ६ का नवनिर्वाचित सांसद शिशिर खनालले सुशासन, रोजगारी सिर्जना र उद्यमशील नेपाल आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ अन्तर्गत तारकेश्वर नगरपालिका–९ मा आज आयोजित ‘टोलटोलमा सांसद कार्यक्रम’मा बोल्दै उहाँले सुशासन, रोजगारी आफूहरूको प्राथमिकता भएको बताउनुभएको हो । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहनुभएका नेता खनालले स्थानीय तहमा रास्वपाको सरकार नभएकाले स्थानीय तहसँग मिलेर जनताको समस्याको समाधानमा आफू निरन्तर खटिने बताउनुभयो । काठमाडौँ क्षेत्र नं ६ मा खानेपानीको समस्या रहेकाले यसलाई पूरा गर्ने आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्नुभयो । सार्वजनिक सरोकारका विषयलाई निरन्तर संसद्मा पुर्‍याउने उहाँको भनाइ छ । उहाँले आगामी पाँच वर्ष देश रूपान्तरण गर्नका लागि जनताले रास्वपालाई ठूलो आशा र भरोसा दिएको भन्दै देश रूपान्तरणको अभियानलाई खेर नफाल्ने स्पष्ट पार्नुभयो । उहाँले काठमाडौँ क्षेत्र नं ६ मा देखिएका समस्या समाधानका लागि आफू जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहने बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्