पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

मञ्जुश्री पार्क क्षेत्रमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा

दीक्षण संवाददाता १० फागुन २०८२, आइतवार

चरिकोट (दीस) ः भिमेश्वर नगरपालिका–२ स्थित मञ्जुश्री पार्क इलाकामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। शनिबार पार्क क्षेत्रमा आगलागी भएको थियो।

आगलागी नियन्त्रणका लागि नेपाली सेनाको गरुण दलसहित सुरक्षा निकाय र स्थानीय बासिन्दाहरूको संयुक्त टोली परिचालन गरिएको थियो। आगो निभाउन नेपाली सेनाका तर्फबाट उप–सेनानी पृथ्वी राज घलेको कमाण्डमा १३ जनाको टोली आवश्यक फायर फाइटिङ सामग्रीसहित खटिएको थियो।

करिब ३० जनाको संयुक्त प्रयासमा सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदै आगोलाई थप फैलिन नदिई पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको नेपाली सेनाले जनाएको छ। वन क्षेत्रमा लागेको आगो समयमै नियन्त्रणमा आएपछि ठूलो क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु