पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

प्रश्नपत्र निर्माण तथा नतिजा विश्लेषण कार्यशाला सम्पन्न

दीक्षण संवाददाता ८ फागुन २०८२, शुक्रवार

चरिकोट (दीस) ः दोलखाको मेलुङ गाउँपालिकामा कक्षा ८ को परीक्षाको प्रश्नपत्रसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । बिहीबार उक्त कार्यशाला सम्पन्न भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई चरिकोट, दोलखाको आयोजना तथा मेलुङ गाउँपालिकाको समन्वयमा सञ्चालित कक्षा ८ को परीक्षाको प्रश्नपत्र निर्माण तथा नतिजा विश्लेषण कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख भरतबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङ, उपाध्यक्ष गायत्री आचार्य तथा विभिन्न विद्यालयका शिक्षकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्