पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

भीमेश्वर नगरपालिका ७ स्थित कुप्रीडाडा आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण

दीक्षण संवाददाता १७ भदौ २०८२, मङ्गलवार

समाचार सारांश

 २९ जना विद्यार्थीलाई एक लाख १६ हजार रुपैयाँ बराबरको विद्यालय डे«स, ब्याग, जुत्ता र मोजा   सहयोग

This summary was generated by AI and has been editorially reviewed.

चरिकोट(दीस) ः  भीमेश्वर नगरपालिका ७ स्थित कुप्रीडाडा आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार विद्यालय पोसाक तथा झोला वितरण गरिएको छ । स्थानीय अग्रज समाजसेवी युवा र विद्यालय परिवारको पहलमा आयोजित कार्यक्रममा २९ जना विद्यार्थीलाई एक लाख १६ हजार रुपैयाँ बराबरको विद्यालय डे«स, ब्याग, जुत्ता र मोजा   सहयोग गरिएको हो ।
समाजसेवी तथा हाल अष्ट्रेलियामा कर्मभूमि बनाएका गोपीकुमार थापा र उहाँकी  धर्मपत्नी कविता थापाले अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले सामग्री उपलब्ध गराएको सामाजिक अभियान्ता निरज बस्नेतले जानकारी दिनुभयो । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर थापाले सामुदायिक विद्यालयको गुणस्तर बृद्धिमा यस्ता कार्यले महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्नुभयो । सो अवसरमा पूर्व प्रधानाध्यापक चित्रबहादुर थापा तथा अन्य उत्कृष्ट शिक्षकलाई पनि  सम्मान गरिएको थियो ।कार्यक्रम वडा अध्यक्ष विनोद तामाङको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा समितिका सदस्य, समाजसेवी, बुद्धिजीवी तथा अभिभावकको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु