पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

विद्यालयहरुलाई वेबसाईट हस्तान्तरण

दीक्षण संवाददाता १३ पुष २०८२, आइतवार

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिकाले पालिका भित्रका विद्यालयहरुको वेभसाइट निर्माण गरी हस्तान्तरण गरेको छ । शुक्रवार वेबसाइट सञ्चालन सम्बन्धी शिक्षकहरुलाई तालिम दिई एक एक वटा वेबसाइट हस्तान्तरण गरिएको हो । 
गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरुलाई  वेबसाइट निर्माण गरी हस्तान्तरण गर्ने परियोजना अन्तर्गत शुक्रवार  हस्तान्तरण गरिएको कालिञ्चोक गाउँपालिका शिक्षा शाखाका प्रमुख  विष्णु आचार्यले जानकारी दिनु भयो । हस्तान्तरण कार्यक्रममा गाउँपालिका भित्रका १२ वटा विद्यालयका प्रतिनिधि शिक्षकहरुको उपस्थिति रहेका उहाँको भनाई रहेको छ । तालिममा वेबसाईटमा सामग्री अपलोड गर्ने तरिका सिकाईएको थियो । विद्यालयहरुलाई वेब साइट हस्तान्तरण भएपछि विद्यालयका  सूचना तथा   गतिविधिहरु प्रकाशन गर्न सहज हुने गाउँपालिकाको आशा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु