चरिकोट (दीस) ः दोलखाको उत्तरी सिँगटी बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । मेला दोलखा उद्योग बाणिज्य संघ सिँगटी शाखाको आयोजना, तीन गाउँपालिकाको समन्वय र सिविन नेपालद्वारा सञ्चालित ओसेलीप परियोजनाको सहयोगमा सम्पन्न भएको हो ।
मेलामा ८० कृषकले आफ्ना उत्पादन प्रदर्शन गरेका थिए भने उत्कृष्ट ९ कृषकलाई नगदसहित सम्मान गरिएको थियो ।
उद्योग बाणिज्य संघ सिँगटी शाखाका अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिन्चाेक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, ग्रामिण विकास टुकी संघका अध्यक्ष जयप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । आयोजकका अनुसार करिब ४ सय बढी सहभागी उपस्थित थिए ।