पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

एमाले महाधिवेशनः दोलखाका नेताहरू विभिन्न पदमा उम्मेदवारी दर्ता

दीक्षण संवाददाता २९ मंसिर २०८२, सोमवार

चरिकोटः भक्तपुरमा जारी नेकपा एमालेको ११ औँ  राष्ट्रिय महाधिवेशनमा दोलखाका नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । आज भएको उम्मेदवारी दर्ताअनुसार उपमहासचिव पदमा आनन्दप्रसाद पोख्रेल र सचिव पदमा रचना खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी खुला केन्द्रीय सदस्य पदमा पार्वत गुरुङ र ईश्वरी रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ । केन्द्रीय सदस्य पदमा भूगोलतर्फ ईश्वरचन्द्र पोखरेल तथा महिलातर्फ उर्मिला सुनुवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेतले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै लेखा आयोग सदस्य पदमा शान्ति पाख्रिन ,पुर्णिमा खरेल, र दिल्ली ध्वज बराइलीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली नेतृत्वको एक प्यानल र ईश्वर पोखरेल नेतृत्वको अर्को प्यानलबाट आज उम्मेदवारी दर्ता भएको हो । आज उम्मेदवारी दर्ता सम्पन्न भएसँगै भोलि महाधिवेशनले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु