चरिकोट (दीस) ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार दोलखाका दुई स्थानमा एकता सन्देश सभा सम्पन्न गरेको छ । पार्टीले दोलखामा पहिलो एकता सभा सिंगटी र मैनापोखरीमा आयोजना गरेको हो ।
दोलखाको उत्तरी क्षेत्र सिंगटीमा सम्पन्न एकता सन्देश सभाको अध्यक्षता नेकपाका नेता एवम् कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले गर्नुभएको थियो । सभालाई नेकपाका नेता विशाल खड्का, गोपाल न्यौपाने, घनश्याम रिजाल, नरबहादुर पाख्रिन, भरत दुलाललगायतले सम्बोधन गर्नुभएको थियो । यस्तै, बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा सम्पन्न एकता सन्देश सभामा नेकपाका नेता भीमप्रसाद दाहाल, चुनु केसी, कमल श्रेष्ठ, रेशम रिमाललगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम नेकपा बैतेश्वरका नेता भूवन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । दुबै स्थानमा आयोजित सभाअघि नेकपाले ¥यालीसमेत निकालेको सो पार्टीले जनाएको छ ।