पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

दीक्षण संवाददाता १७ मंसिर २०८२, बुधवार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामा दिएको घोषणा गरेका हुन् ।

प्रदेश सभामा बहुमत हासिल गर्न नसक्ने अवस्था भएपछि उनले राजीनामा दिएका छन् । आजको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेश अनुसार विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सभामा सम्बोधन गरिरहेका बेला उनलाई समर्थन गर्ने तीन दल बाहेक अन्य दलले प्रदेश सभा बहिष्कार गरेका थिए । 

मधेश प्रदेशमा कूल १०७ सदस्यीय मध्य मधेश प्रदेशसभा रहेकोमा बहुमतका लागि ५४ प्रदेश सभा सदस्यको आवश्यकता पर्नेमा मुख्यमन्त्री यादवसँग एमालेका २४ जना, नेपाल संघीय समाजवादी पार्टीका एक जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जनाको मात्र समर्थन रहेको थियो ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका दलका नेता यादवलाई गत कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । सो नियुक्तिपछि मधेश प्रदेशको राजनीति तरंगित बनेको थियो ।  साथै सो नियुक्तिको विरोधमा सर्वोच्चमा कुल तीन रिट दायर भएका थिए । साथै सरकारले प्रदेश प्रमुख भण्डारीलाई समेत पदबाट हटाएर सुरेन्द्र लाभ कर्णलाई नियुक्त समेत गरिसकेको छ ।

सर्वोच्चको आदेश अनुसार अब प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन यस अघि नै सर्वोच्चले दिएको आदेश अनुसार सरकार गठनको आदेश हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु