पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

नेकपा एमाले दोलखाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिनिधि छनोट प्रक्रिया सुरु

दीक्षण संवाददाता ११ मंसिर २०८२, बिहिवार

चरिकोट (दीस) ः नेकपा एमाले दोलखाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिनिधि छनोट प्रक्रिया सुरु भएको छ । प्रतिनिधी छनोटमा लागि प्रक्रिया ८ गतेबाट सुरु भएको हो । निर्वाचन कमिटीका अनुसार निर्वाचन अधिकृत कुमार खड्काका अनुसार मंसिर ८ र ९ गते पार्टी कार्यालय चरिकोटमा मतदाता नामावली प्रकाशन गरिएको छ । बुधबार  मंसिर १० गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रतिनिनिधि उम्मेदवारी दर्ताका फारम वितरण गरिएको छ । आज देखि मंसिर ११ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता हुने निर्वाचन कमिटीका खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन १ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने दिउँसो ३ बजेदेखि ५ बजेभित्र दाबी –विरोध दर्ता गरिनेछ । त्यही दिन साँझ ५ बजे उम्मेदवारको संशोधित नामावली सार्वजनिक गरिनेछ । यसैगरी मंसिर १२ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारी फिर्ता दिने समय तोकिएको छ । सोही दिन १२ बजे अन्तिम नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन कमिटीले जनाएको छ ।  मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुने उहाँले जानकारी दिनु भयो । एमालेको महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हँुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु