पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

दीक्षण संवाददाता ६ मंसिर २०८२, शनिवार

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेदेखि बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएपछि पछिल्ला दिनमा बैठक पटक पटक सर्दै आएको छ ।

संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । 

यसैबीच अघिल्लो शुक्रबार राति काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि फर्किएकाले उनले विवाद समाधान गर्न छलफल शुरु गरेको र ठोस सहमति भने हुन अझै नसकेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु