पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

दोलखामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दीक्षण संवाददाता १४ कार्तिक २०८२, शुक्रवार

समाचार सारांश

मृतक स्थानीय करिब ४० वर्षका मानबहादुर थामी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले पुष्टि

घटनास्थलमै मृत्यु

This summary was generated by AI and has been editorially reviewed.

दोलखा — दोलखाको बिगु गाउँपालिका–६ आलम्पुमा ट्याक्टरको ढालाबाट खसेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय करिब ४० वर्षका मानबहादुर थामी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले पुष्टि गरेको छ।

प्रहरीका अनुसार बिहीबार बेलुका गुन्सास्थित भित्री कच्ची सडकखण्डमा चिम्टे रथालबाट आलम्पु तर्फ ढुंगा लोड गरी आउँदै गरेको प्रदेश–१–०१–००१ त ८८७२ नम्बरको ट्याक्टरको ढालाबाट खसेर थामी गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी उपचारका लागि तयारी हुँदै गर्दा घटनास्थलमै मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले ट्याक्टर घटनास्थलमै रोकिएको भए पनि चालक भने फरार रहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनाको कारण प्रारम्भिक रूपमा लापरबाही अनुमान गरिएको छ।

घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्