पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

दोलखामा साप्ताहिक हाटबजार पुनः सुरु

दीक्षण संवाददाता २ कार्तिक २०८२, आइतवार

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर दुईको दोलखा बजारमा साप्ताहिक हाटबजार पुनः सुरु भएको छ । शनिवारबाट सो हाटबजार सुरु भएको हो ।
सफल सहयात्री महिला समूहको व्यवस्थापनमा शनिवारबाट साप्ताहिक हाटबजार सुरु भएको स्थानीय व्यावसायी अजय प्रधानले  जानकारी दिनुभयो । हाटबजार सुरु गरिएकै दिन स्थानीय उत्पादकको उत्साहजनक विक्री वितरण भएको उहाँको भनाई रहेको छ । 
तिहारको पूर्व सन्ध्यामा सुरु गरिएको हाटबजारमा किसानहरुले तिहार लक्षित सामाग्री ओखर, बिमिरो, कुचो, भोगटे, बिभिन्न स्थानीय जातका फलफूल, तरकारी, रातो माटो लगायतका बस्तु बिक्रीकालागि ल्याएका थिए । हाटबजार सञ्चालनकालागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने वडा नम्बर दुईका वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो । 
२०४२÷४३ साल तिर सम्म दोलखाको पाखालतीमा हाट लाग्ने गरेको बताउँदै अब फेरी हाटबजार सुरु भएकाले किसानलाई आफ्ना उत्पादन बिक्री गर्न सहज हुने स्थानीय पर्शुराम जोशीले बताउनु भयो । अबका दिनमा हरेक शनिवार पाखलतीमा हाटबजार सञ्चालन गरिने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु