चरिकोट(दीस)ः जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएपछि बन्द भएको कालिञ्चोक केबल कारको सेवा पुनः सञ्चालनमा आएको छ । केबल कारको मर्मत पछि सेवा सञ्चालनमा ल्याइएको हो ।
सोमबारबाट केबलकार सञ्चालनमा ल्याइएको कालिञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिनुभयो । दुईवटा गोन्डला मार्फत सेवा दिन थालिएको कार्यकारी अधिकृत शिवाकोटीको भनाई रहेको छ । जेनजी आन्दोलनको समयमा भएको आक्रमणमा दुइवटा गोण्डला तथा एउटा सिस्टममा क्षति पु¥याइएको थियो । क्षतिको मूल्याङ्कनको काम भइरहेको कालिञ्चोक केबलकारले जनाएको छ ।