चरिकोट (दीस) ः हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा सचिव अनिल रिजालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष सर्मीला थापाले करिब ९४ करोड २४ लाख ९५ हजार रुपैयाँभन्दा बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा, बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमीराज खड्कालगायतले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
साधारण सभाको अवसरमा उत्कृष्ट शेयर सदस्य, बचतकर्ता तथा ऋणीलाई सम्मान गरिएको कार्यकारी अधिकृत दीपक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा हाल ९ हजार ८८५ जना शेयर सदस्य र ३ हजार ७६८ जना बालबचतकर्ता रहेका छन् ।