सरोज वस्नेत
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोलखा जिल्लाबाट नेकपा एमालेको तर्फबाट पूर्व मन्त्री पार्वत गुरुङ उम्मेदवार बन्नु भएको छ । यो निर्वाचन केबल संघिय संसदको लागि प्रतिनिधि छान्ने प्रकृयामात्र नभै निर्माण र विध्वङ्स बीचको लडाई पनि हो । यो निर्वाचनमा नेकपा एमालेको जित निर्माण अभियानको नेतृत्व हो । नयाँ तिरको अलमल विध्वङ्सको निरन्तरता हो । त्यसैले पनि आम मतदाताले आफ्नो भविष्यको लागि विवेकको प्रयोग गर्नु आवश्यक छ । दोलखाबाट नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङलाई जिताउन आवश्यक छ । दोलखा जिल्लाको कुल मतदाता संख्या एकलाख ७० हजार तीन सय २१ रहेको छ । विगतमा पार्वत गुरुङले गरेको समन्वय, सहकार्य र विकास तथा सुशासन अभियानमा नेतृत्वदायी भूमिकाले उनलाई दोलखाका तमाम मतदाता बीच परिचित गराएको छ । निर्वाचनमा नेकपा एमाले र पार्वत गुरुङको लागि यो सबैभन्दा सुखद पक्ष हो । दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङ जित नजिक छन् ।
त्यसको केही सवल पक्षहरु रहेका छन्–
दोलखाको समृद्धिको लागि उनले दशकौदेखी नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । जिल्ला विकास समितिको सदस्य, एमाले दोलखाको अध्यक्ष, पार्टी पोलिटब्युरो सदस्य र जिल्ला इन्चार्ज हुदै नेपाल सरकारको मन्त्री बन्दासम्म दोलखाको समृद्धिको लागि आम दोलखाली जनता र राजनीतिक दलहरुसंग समन्वय र सहकार्य गर्दै काम गरेका छन् । जनतासंग जोडिएर रहने स्वच्छ छविको नेताको परिचय बनाएका छन् । आम दोलखाली बीच अनुभवि र विकासप्रेमी उम्मेदवारको रुपमा परिचित छन् । खरो र स्पष्ट वक्ताका नेताको परिचय बनाएका गुरुङले संसदमा दोलखाको समस्या र सम्भावनाहरु प्रष्टरुपमा राख्न सक्छन् भन्ने आम मतदातालाई विश्वास रहेको छ ।
नेकपा एमालेका पुर्व पार्टी प्रमुख एवम् संस्थापक शिवप्रसाद भण्डारीको पुर्नमिलन र सक्रियता ।
निर्वाचन अभियानमा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल,
जिल्ला विकास समिति दोलखाका पूर्व सभापति लालकुमार केसी,
भीमेश्वर नगरपालिकाका पूर्व मेयर चोक बहादुर दहालको निरन्तर साथ ।
जेन– जी युवा र अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने युवा मतदाताहरुको निरन्तर बढ्दो संख्या ।
घरदैलो अभियानमा मतदाताहरुको न्यानो आतिथ्यता, पार्टी कमिटी र सदस्यहरुको साथ र जनसर्मथन ।
र टोल कमिटीसम्म एमालेको बलियो संगठन । यी पार्वत गुरुङलाई जितको नजिक पु¥याउने केही सवल पक्षहरु हुन् ।
एमाले उम्मेदवार पार्वत गुरुङ जितको नजिक भएपनि केही चुनौतिहरु पक्कै पनि छन् ।
जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ–
नयाँ प्रति मतदाताहरुको झुकाव । अन्य राजनीतिक दलका उम्मेदवारहरुको सक्रिय प्रचार अभियान र घरदैलो कार्यक्रम । मतदाताहरुमा विगतकै जस्तो बुथ कब्जा र हिंसात्मक अवस्था बन्छ कि भन्ने त्रास । चुनावी अभियानको क्रममा दोलखाको राजनीतिक माहौल र मतदाताहरुको मनाभावना तथा पार्वत गुरुङ प्रतिको स्नेहलाई हेर्दा उनको लागि चुनौती भन्दा सम्भावनानै सकारात्मक देखिन्छ । यो अवस्थामा पार्टी नेतृत्वले चुनौतीको सामना गर्न गहन र मिहिन ढङ्गले परिस्थितिको मूल्याङ्कण गर्दै चुनौती सामनाका सकारात्मक समाधान सहित मतदाताहरु समक्ष पुग्नु आवश्यक छ । पार्वत गुरुङले जनप्रतिनिधि, नेपाल सरकारको मन्त्री र पार्टीको नेतृत्वमा बसेर गरेका सकारात्मक काम तथा चुनावी घोषणापत्रमा उल्लेख भएका दोलखाको समृद्धिका आधारहरु पुरा हुने योजना सहित मतदाताहरुको घर– घरमा पुगेर प्रचार गर्ने तथा शान्तिपुर्ण मतदानको योजना सहित सबै मतदातालाई मतदानस्थलसम्म पु¥याउने भुमिका खेल्न सक्नुपर्छ । दोलखामा पार्वत गुरुङको जीत नै अन्तिम सत्य हो । (केन्द्रीय सदस्य, दाेलखा ईन्चार्ज राष्ट्रिय युवासंघ नेपाल)