पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

शिक्षक भलिबल प्रतियोगिता २०८२ को उपाधि भीमेश्वर नगरपालिकालाई

दीक्षण संवाददाता १८ पुष २०८२, शुक्रवार

चरिकोट (दीस) ः दोलखा जिल्लाव्यापी अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता २०८२ को उपाधि भीमेश्वर नगरपालिकाले हात पारेको छ । बिहीबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा कालिञ्चोक गाउँपालिकालाई पराजित गर्दै भीमेश्वर नगरपालिकाले उपाधि जितेको हो ।
प्रतियोगितामा बिगु गाउँपालिकाले तृतीय स्थान हासिल गर्दा जिरी नगरपालिका (बी) सान्त्वनामा सीमित भएको छ ।
 विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, शिल्ड तथा मेडल प्रदान गरिएको थियो । जिल्लाव्यापी प्रतियोगिताअन्तर्गत व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी चन्द्रकृष्ण खड्का, उत्कृष्ट स्पाइकर बालकृष्ण खड्का, उत्कृष्ट डिफेन्डर अर्जुन थापा, उत्कृष्ट सर्भर अपिल मोक्तान, उत्कृष्ट सेटर शम्भु खुलाल तथा उत्कृष्ट ब्लकर कपिल श्रेष्ठ घोषित हुनु भएको हो । पौष १५ देखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका सबै स्थानीय तह तथा आयोजक जिरी नगरपालिकासमेत गरी जम्मा १० टोलीको सहभागिता रहेको थियो । समापन कार्यक्रम दोलखा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की, गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष उमा लुङ्गेली मगरलगायत जनप्रतिनिधि, शिक्षक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्
दीक्षण ट्रेन्डिङ्गस्

सम्बन्धित समाचारहरु