पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

यस्तो छ विदेशी मुद्राको विनिमयदर

दीक्षण संवाददाता १५ भदौ २०८२, आइतवार

समाचार सारांश
  • मुद्राको विनिमयदर निर्धारण – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरको खरिददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम गरिएको छ।

  • प्रमुख मुद्राहरूको दर – युरोको खरिददर १६४.२४ र बिक्रीदर १६४.९४, पाउन्ड स्ट्रलिङ खरिददर १८९.४९ र बिक्रीदर १९०.२९, स्वीस फ्र्याङ्क खरिददर १७५.५१ र बिक्रीदर १७६.२६ रहेको छ।

  • एसियाली मुद्राहरूको दर – जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस र डेनिस क्रोनर लगायत मुद्राहरूको खरिद–बिक्रीदर पनि तोकिएको छ।

  • अन्य जानकारी – राष्ट्र बैंकले आवश्यक परेमा विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले फरक विनिमयदर राख्न सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, १५ भदौः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ र बिक्रीदर २२ रुपैयाँ १० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैैयाँ ७७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्