पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

भीमेश्वर नगरपालिका वडा नम्बर ४ ले लागत साझेदारीमा कृषकहरूलाई कृषि यन्त्र उपकरण वितरण गर्ने

दीक्षण संवाददाता १ फागुन २०८२, शुक्रवार

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ४ ले लागत साझेदारीमा कृषकहरूलाई कृषि यन्त्र उपकरण वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वडाले कृषिसँग सम्बन्धित यन्त्र उपकरण वितरण गर्न लागेको हो । यन्त्र उपकरण अनुदान कार्यक्रमअन्तर्गत कृषकहरूलाई ५० प्रतिशत लागत साझेदारीमा उपकरण उपलब्ध गराइने वडा अध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत कम्बाइन मिल, मल्टी क्रप थ्रेसर र च्यापकटर लागत साझेदारीमा छनोट भएका कृषक समूह, कृषक तथा कृषि फर्महरूलाई उपलब्ध गराइने उहाँको भनाइ रहेको छ । वडाले कृषि उत्पादन वृद्धि र आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु