पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

नेप्से २७.१९ अंकले बढ्यो, ११ अर्ब ५८ करोडको कारोबार

दीक्षण संवाददाता २२ माघ २०८२, बिहिवार

काठमाडौँ । नेप्सेमा दोहोरो अंकको वृद्धि आएको छ । साताको कारोबारको अन्तिम दिन विहिबार नेप्से २७.१९ अंकले बढेर २७०८. ७० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२६ कम्पनिका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता शेयर ११ अर्ब ५८ करोड २८ लाख ९३   हजार ८०० मा कारोबार भएको थियो । आज ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज कालिन्चोक दर्शन, सुपरमाई हाइड्रो, मोदी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ  भने रिढी पावरको ९.९७ र खानीखोला हाइड्रोको ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ९.९८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ५८ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने राढी जलविद्युतको ५७ करोड ५० लाख र एसवाई प्यानलको ५३ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु