चरिकोट(दीस)ः जिरी नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।
जिरी नगरपालिकाद्वारा आयोजित सो प्रतियोगितामा शहिद स्मृति आवासीय मावि जिरी १४ स्वर्ण सहित ३१ वटा पदक प्राप्त गर्दै छैटांै पटक प्रथम स्थान हासिल गरी शिल्ड उचाल्न सफल भएको छ । यस्तै ५ स्वर्ण सहित कुल १७ पदक प्राप्त गर्दै जिरी मावि ले दोस्रो तथा ५ स्वर्ण सहित १२ पदक प्राप्त गर्दै ठूलो पाताल माविले तेस्रो स्थान हासिल गरेको अयोजकले जनाएको छ । प्रतियोगितामा विजयीहरुलाई जिरी नगरपालिकाका मेयर मित्र बहादुर जिरेलले शिल्ड, पदक, नगद तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । प्रतियागितामा जिरी नगरपालिका भित्रका नौ विद्यालयहरुको सहभागिता रहेको थियो ।