पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट घुससहित तीन जना पक्राउ

दीक्षण संवाददाता १९ माघ २०८२, सोमवार

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसमेत ३ जना घुससहित पक्राउ परेका छन् 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपानेसहित तीन जनालाई स्रोत नखुलेको रकमसहित र २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

अख्तियारले वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई पक्राउ गरेको हो ।

अख्तियारले उनीहरुसँगबाट कुल दुई लाख ६८ हजार २८८ नगद तथा बिभिन्न व्यक्तिहरुबाट २३ थान मोबाइल नियन्त्रणमा लिइएकोजनाएको छ । 

 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्